काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी पुस अन्तिम हप्ता नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रकाशन गरेको छ।
कांग्रेसले नियमति कि विशेष महाधिवेशन भन्ने विवादकोबीचबाट नियमित महाधिवेशनको मिति तोकेर तत्कालका लागि विवाद समाधान गरेकाे हाे। तर महाधिवेशनको मिति नै तय भएपनि केहि दिन भित्रै फेरि विशेष की नियमित विावद भने ब्यूँतिने जोखिम कायमै रहेकाे छ।
गत असोज २८ गतेदेखि शुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकले ४९ दिनपछि मंसिर १५ गते नियमित महाधिवेश गर्ने निर्णय गर्यो। नियमित महाधिवेशनको निर्णय गर्दै केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक पनि गरेको हाे। जस अनुसार यहि मंसिर २० गतेभित्र केन्द्रबाट क्रियाशिल सदस्यको फारम वितरण गर्ने र २४ गतेभित्र वडा तहसम्म क्रियाशिल सदस्यको फारम पठाउने अवधि राखिएको छ।
आगामी पुस ८ गतेभित्र क्रियाशिल सदस्यको काम सक्ने भनेको कांग्रेसले क्रियाशिल सदस्यको अन्तिम नामवावलीको टुंगो पुस १४ गतेभित्र लगाईसक्ने भनेको छ। पुस १५ गतेदेखि विदेशस्थित जनसम्पर्क समिति, वडा, गाँउ नगर हुँदै पुस २३ र २४ गते प्रदेश अधिवेशन गरि २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रकाशन गरिएको छ। विशेष महाधिवेशन पक्षधरले भने यो अवधिमा नियमित महाधिवेशनको सम्भावना ज्यादै न्युन देखिरहेका छन्। तर संस्थापन पक्षले नियमित महाधिवेशनको मिति नै प्रकाशन भएपछि विशेषको बाटो सकिएको भन्ने निष्कर्ष निकालेको देखिन्छ। तर विशेष महाधिवेशन पक्षधरले नियमितको कार्यतालिका तलमाथि भएमा विशेषको प्रक्रिया अगाडि बढ्ने कांग्रेस नेता गुरु घिमिरेले बताउनुभयाे।
संस्थापन निटक समूहले नियमति महाधिवेशन अगाडि बढिसकेको अवस्थामा विशेषको अर्थ नहुने तर्क गर्न थालेका छन् । यहि प्रक्रियालाई सफल गराउन लाग्नुपर्नेमा नेता गुरु बरालकाे जाेड छ। त्यस्तै, विशेष महाधिवेशन पक्षधरको दबाबमा परेर संस्थापन नियमित महाधिवेशनको निर्णय गर्न बाध्य भए पनि विवाद भने यथावत देखिन्छ। जसले कार्यतालिका अनुसारको काम अगाडि बढ्नेमा आंशका गर्ने ठाउँ पनि प्रशस्त रहेको देखाउँछ । जुन विषयलाई नै विशेष महाधिवेशन पक्षधरहरुले कारण बनाउन खोजेको नेता घिमिरेकाे दावी छ।
क्रियाशिल सदस्यता लगयतका विषयमा महामन्त्रीहरुले गर्नुपर्ने काम बाँकी नै रहेकाले नियमितकै वातावरणका लागि उनीहरुको भूमिका हुनुपर्ने धारणा संस्थापन पक्षका नेता बरालले बताउनुभयाे।
कांग्रेसले महाधिवेशनको मिति त तय गर्यो तर त्यसभित्र काम गर्न सकिन्छ भन्नेमा विश्वास दुवै पक्षमा देखिदैन ।जसले गर्दा कार्यतालिका अनुसारको काममा सामान्य अवरोध आए मात्रै पनि पुसको कार्यतालिकामा महाधिवेशन नहुने जोखिम उच्च छ।
त्यसपछि कांग्रेस नयाँ चरणको विवादमा फस्ने जोखिम पनि उत्तिकै छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्