Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मधेश प्रदेशका मुख्यमन्त्री यादवले भाेलि विश्वासको मत लिने

प्रदेशसभा सदस्यले सहयोग गर्ने यादवकाे विश्वास

910
Shares

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुहुने भएकाे छ।

मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार दिउँसो २ बजे विश्वासको मत लिने जानकारी गराउनुभएकाे हाे। मंगलबार दिउँसाे ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी गराउदै उहाँले बुधबार विश्वासको मत लिने बताउनुभयाे। उहाँले प्रदेशसभा सचिवालयलाई विश्वासको मत लिन लागेको जानकारी प्रदेशसभा सचिवालयलाई पत्र पठाउन लागेको बताउनुभएकाे छ।

मुख्यमन्त्री यादवले आफूलाई प्रदेशसभा सदस्यहरुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्ति विवाद २४ घण्टाभित्र विश्वासको मत लिनका लागि मधेशका मुख्यमन्त्री यादवलाई परमादेश जारी गरेको थियो।