Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


काठमाडौंमा विद्युतीय कारले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

ट्राफिक प्रहरी पनि गम्भीर घाइते

3.6k
Shares

काठमाडौं। काठमाडौंको केशरमहल चोकमा एउटा विद्युतीय कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

सडकमा उभिएका एक ट्राफिक प्रहरी समेत गम्भीर घाइते भएका हुन् । मंगलबार दिउँसाे ३ बजेतिर ठमेलतर्फबाट आइरहेको विद्युतीय कारले केशरमहलको ट्राफिक कोणमा ठक्कर दिएको प्रहरीले बताएको छ। कारको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको पहिचान नखुलिसकेको पनि प्रहरीले बताएको छ।

कारकाे ठक्करबाट घाइते हुने ट्राफिक प्रहरी प्रभाग दरबारमार्ग कार्यरत प्रहरी हवल्दार परशुराम ठाकुर रहेका छन्। ठाकुरको दुवै खुट्टा र छातीमा चोट लागेको पनि प्रहरीले बताएको छ। ठक्कर दिने कारका चालक ६६ वर्षीय सुरेशराज कालिका भएको पनि प्रहरीले बताएको हाे।