Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


शेयर बजारमा आज झिनाे अंककाे गिरावट

४ अर्ब ४८ करोड १३ लाख बढीकाे काराेबार

52
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ० दशमलव ५३ अंकले घटेको छ।

४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा झिनो अंकले घटेर नेप्से २ हजार ६ सय ४४ दशमलव ७० बिन्दुमा पुगेको हो। नेप्सेमा कारोबार भएका मध्ये १ सय २५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएकाे छ। १ सय १९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे हाे। तर, १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे छ।

नेप्सेमा कारोबार भएका मध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो। जसमध्ये सागर डिस्ट्रिलरी कम्पनीको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा आर्जन गरेका छन्। त्यस्तै, मंगलबारको सेयर कारोबारमा ग्रिन भेन्चर लिमिटेडको सेयर बिक्री गर्नेले सबै भन्दा बढी गुमाएका हुन् ।

नेप्से झिनो अंकले घटे पनि अधिकांश समूहको उपसूचक भने सकारात्मक रहेकाे जनाइएकाे छ।