काठमाडौँ । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ। पहिलो खेल बिहान ११ः४५ बजे हुने छ भने जनकपुर बोल्ट्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्।
जनकपुर लगातार चार खेलमा पराजित भएकाे छ। यता चितवनले भने चार खेलमा दुई जित निकालिसकेको छ र आजको खेल जितेर प्लेअफमा स्थान बनाउने सम्भावना अझ मजबुत बनाउने लक्ष्यमा छ।
दोस्रो खेल अपरान्ह ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ। दुवै टोलीका लागि यो खेल बराबर महत्वपूर्ण छ। चार खेलमा एक जित मात्र हात पारेको पोखराले आज जित निकाले प्लेअफ यात्रा सहज बन्नेछ।
मंसिर १ गतेदेखि सुरु भएको प्रतिष्पर्धामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा स्थान सुनिश्चित गर्ने पहिलो टोली बनिसकेको छ।





प्रतिक्रिया दिनुहोस्