Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


गत भदौ २३-२४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः उपमहासचिव गुरूङ


325
Shares

काठमाडाैं। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीको नाममा भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भएको आरोप लगाउनुभएको छ।

प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले जेनजीको नाममा वाह्य शक्तिहरुले नेपाललाई कब्जामा लिएको आरोप लगाउनुभएको हो। उहाँले नेपालका तीन वटै संस्थलाई कोल्याप्स पारिएको बताउनुभयो। निर्वाचित प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाएर संविधान विपरित नयाँ सरकार गठन गरी संसद विघटन गर्न लगाएर व्यवस्थापिका र कार्यपालिकालाई आफ्नो हातमा लिएको र न्यायपालिकालाई जलाएर तहसनहस पारेकाे उहाँकाे आराेप छ।

उहाँले यो प्रतिक्रान्तिलाई सच्याउन एमाले लागेको दावी गर्नुभयो । निर्वाचनबाट वा विघठित संसद पुनःस्थापना गरेर भएता पनि एमालेले प्रतिक्रान्ति सच्याउने उहाँको भनाइ छ। यद्यपि यो सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने उहाँको दावी थियाे। उहाँले प्रतिक्रान्ति भएका मुलुकमा बनेका सरकारले घोषणा गरेको मितिमा चुनाव हुन नसकेको धेरै उदाहरणहरु रहेको बताउनुभयो। विदेशी शक्तिले चाहेको पात्र नभेटेसम्म निर्वाचन नहुने उहाँकाे जिकिर रहेकाे छ।

हालसम्म वाह्यशक्तिले नेपालमा आफूले चाहेको जस्तो पात्र नभेटेको उहाँको दावी थियाे। उनीहरुले खडा गरेका पात्रले निर्वाचन जित्ने अवस्था नभएसम्म निर्वाचन सार्न उनीहरुले अनेक प्रयत्न गर्ने उहाँले बताउनुभयो। निर्वाचन नगर्नको लागि नै एमालेका नेताहरुलाई स्थानहद तोक्ने काम भएको उहाँको आराेप छ।

उपमहासचिव गुरुङले पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने बताउनुभयो । एमाले निर्वाचनबाट भाग्ने खोजेको भनेर भ्रम पारिएको उहाँको भनाइ छ।