Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै


299
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्ने लक्ष्यसहित आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

फाइनल खेल बिहान १०ः३० बजे अजमानको करवान मैदानमा सुरु हुनेछ। नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो भने यूएईले ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाल र यूएई दुवै टोली यसअघि नै एसिया कप खेल्न छनोट भइसकेका छन्, किनकि प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दुई टोली सिधै एसिया कपमा पुग्ने प्रावधान छ।

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो हुने टोली पनि एसिया कपमा छनोट हुनेछ। कुल १४ टोली सहभागी यो प्रतियोगिताको यू–१९ एसिया कप डिसेम्बर महिनामा यूएईमै हुनेछ।