Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एनपीएल क्रिकेटमा कर्णालीले टस जितेर काठमाडाैंविरूद्ध ब्याटिङ गर्दै


117
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गरिरहेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार दिउँसाे भएकाे पहिलाे खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमाडाैं गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन्। काठमाडाैंले आइतबार एक परिवर्तन गरेको छ। दिपेश कँडेलको स्थानमा भीम सार्की टोलीमा छन् । कर्णालीले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको हाे।

करण केसीको नेतृत्वमा रहेको काठमाडाैं पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा रहेकाे छ। प्लेअफको यात्रामा पुग्न काठमाडाैंका लागि पनि यो खेल महत्त्वपूर्ण छ। त्यस्तै, ४ वटा खेल खेलिसकेको कर्णाली ले एउटा मात्र खेल जितेको छ।

दुई अंकका साथ कर्णाली छैठाैं स्थानमा रहेकाे हाे। प्लेअफको यात्रामा रहिरहन उसलाई आइतबार जित्नैपर्ने दबाबमा रहेकाे छ।