Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


सुदूरपश्चिमबाट एमाले महाधिवेशनका लागि १४१ प्रतिनिधि छनोट


988
Shares

काठमाडौं । नेकपा (एमाले) ले आसन्न महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १४१ जना प्रतिनिधि छनोट गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ।

प्रदेशका १६ निर्वाचन क्षेत्रबाट १२९, क्लस्टरबाट ७ र प्रदेश कमिटीबाट ५ गरी कुल १४१ प्रतिनिधि छनोट भइरहेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार कैलालीबाट ३०, कञ्चनपुरबाट १६, अछामबाट १५, बाजुराबाट १६, बैतडीबाट १५, दार्चुलाबाट १२, डोटी र बझाङबाट १०–१० तथा डडेल्धुराबाट ५ प्रतिनिधि चयन भइरहेका छन्। कतिपय जिल्लामा सहमतिको आधारमा र कतिपयमा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि छनोट भइरहेको छ।

बाजुरामा भने सबै क्लस्टरबाट १६ जना सर्वसम्मत रूपमा चयन भएका छन्। खुलातर्फ लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाहीस महिलातर्फ सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङस दलिततर्फ काशी बिक, गौरी सार्की, अमर बिक र राजकला सार्की तथा युवा क्लस्टरमा नरेश रोकाया सर्वसम्मत रूपमा चयन भएका हुन्।