Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः संयोजक दाहाल


156
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ।

धनगढीमा शुक्रबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो । आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशैभरी नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता तथा कार्यकर्ताहरुलाई उहाँले आह्वान समेत गर्नुभयो। आफूहरु उमेरले ७० वर्ष कटे पनि जेनजी पुस्ता भन्दा कम सक्रिय नरहेको उहाँले टिप्पणी गर्नुभएकाे छ। संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताउनुभयो।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिवद्ध रहेको समेत संयोजक दाहालले बताउनुभएकाे छ।

Skip This