Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एनपीएल क्रिकेटमा काठमाडौं गोर्खाज विजयी

चितवन राइनोज भने ५३ रनले पराजित

351
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाज विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार दिउँसाे भएकाे पहिलाे खेलमा काठमाडौंले चितवन राइनोजलाई ५३ रनले पराजित गरेकाे हाे। काठमाडौंले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनाएकाे थियाे। चितवनका लागि देव खनाल र अर्जुन साउदले समान २१–२१ रनको योगदान गरेका थिए । त्यस्तै, सोहिल तनविरले १८ रन जोडेका हुन्। काठमाडौंका लागि रशिद खानले सर्वाधिक ३ विकेट लिएका छन्।

त्यस्तै, कप्तान करण केसी, शाहब आलम र दिपेश कँडेलले दुई–दुई विकेट लिए । काठमाडौंका सन्तोष यादवको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो।

काठमाडौंका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेलेका थिए । २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका हुन्।