Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


श्रीलंका बाढी-पहिरोमा अपडेट: मृत्यु हुनेकाे संख्या ५६ पुग्याे, २१ बेपत्ता

४४ हजार मानिस प्रभावित

247
Shares

एजेन्सी। श्रीलंकामा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेकाे संख्या ५६ जना पुगेकाे छ।

साेही बाढीमा परी २१ जना बेपत्ता भएकाे अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएकाे हाे। यसलाई पछिल्ला वर्षहरूमा देखिएका सबै भन्दा भीषण मौसम विपद मध्ये एक मानिएको छ। श्रीलंकाको चियाबारी क्षेत्र बडुल्लामा रातारात गएको पहिरोले घर बगाउँदा २१ जनाको ज्यान गएको स्थानीय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको हाे।

सामाजिक सञ्जालमा आएका भिडयाेमा बाढीको भेलले घरहरू बगाउँदै गरेकाे देखिन्छ। देशैभरीअधिकांश रेल सेवा पनि स्थगित गरिएको छ। यसैबीच, श्रीलंकाको पूर्वी तटनजिकै चक्रवात सर्ने क्रममा रहेकाले शुक्रबार थप खराब मौसम आउने चेतावनी दिइएको छ। यो चक्रवात भारततर्फ सर्दै जाने अनुमान गरिएको हाे।

बीबीसीका अनुसार श्रीलंकामा नदीहरूको सतह लगातार बढ्दै गएको छ। प्रकोप व्यवस्थापन केन्द्रले तल्लो भूभागमा बस्नेहरूलाई सुरक्षित उचाइमा सर्न आग्रह गरेको हाे। प्रकोप व्यवस्थापन केन्द्रका अनुसार अहिलेसम्म करिब ४४ हजार मानिस प्रभावित भएका छन्। देशैभरी उद्धार र राहतका लागि २० हजार ५ सय सेना परिचालन गरिएको छ।