Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


हङकङ आगलागी अपडेट: मृत्यु हुनेकाे संख्या १२८ पुग्याे, ५ जना पक्राउ


1.4k
Shares

एजेन्सी। हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या १ सय २८ जना पुगेको छ।

शुक्रबार दिउँसोसम्म घटना सम्बन्धी अनुसन्धानका क्रममा दुई जना परामर्शदाता निर्देशक पक्राउ परेका हुन् । साेही प्रकरणमा पक्राउ परेकाको संख्या पनि ५ जना पुगेको छ। स्वतन्त्र भ्रष्टाचार निरीक्षण आयोग (आईसीएसी) ले शुक्रबार विल पावर आर्किटेक्ट्स कम्पनीका दुई निर्देशकलाई पक्राउ गरेको हो।

साेही कम्पनी वाङ फुक कोर्टको नवीकरण कार्यको परामर्शदाता थियो। यसअघि बिहीबार प्रेस्टिज कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनीका ३ वरिष्ठ कर्मचारी, जसमा दुई निर्देशक पनि थिए । गैरइच्छिक हत्या आरोपमा पक्राउ परेकाे जनाइएकाे छ।