Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


आफूले कब्जा गरेको क्षेत्रबाट युक्रेनी सेना नहटे फेरी आक्रमण गर्ने राष्ट्रपति पुटिनको चेतावनी


1.9k
Shares

एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले कब्जा गरेको क्षेत्रबाट युक्रेनी सेना फिर्ता भए मात्रै आक्रमण रोक्ने बताएको छ।

अमेरिकाले शान्ति योजना कार्यान्वयनका गर्न भरमग्दुधर प्रयास गरिरहेको समयमा रूसी राष्ट्रपति पुटिनले रूसले कब्जा गरेको भू-भागबाट युक्रेनी सेना हटे मात्रै आक्रमण रोक्ने बताउनुभएकाे हाे। अन्यथा आक्रमण नरोकिने बरू तीव्र बनाउने उहाँले चेतावनी दिनुभएकाे छ।

उहाँले भन्नुभयाे,-‘यदि युक्रेनी सेनाले आफ्नो कब्जामा रहेको क्षेत्र छोडे भने हामी युद्ध अभियान रोक्नेछौं। यदि उनीहरूले त्यसो गरेनन् भने, हामी यसलाई सैन्य माध्यमबाट प्राप्त गर्नेछौं।’ युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भू-भाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका केही भागको पनि स्वामित्व दिनुपर्ने राष्ट्रपति पुटिनले माग गर्दै आउनुभएकाे हाे।

करिब एक दशकदेखि लगातार आक्रमण गरेता पनि उहाँले डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा गर्न नसकेको बताउनुभएकाे छ। लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।