Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


आगामी वर्ष फ्लोरिडा हुने जि-२० शिखर सम्मेलनमा दक्षिण-अफ्रिकालाई निमन्त्रणा नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

सबै अमेरिकी सहायता समेत राेक्ने

468
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष फ्लोरिडाको मियामीमा हुने समूह २०-जि-२०० शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने बताउनुभएकाे छ।

उहाँले अफ्रिकालाई दिइने सबै अमेरिकी सहायता समेत राेक्ने घोषणा गर्नुभएको हाे। दक्षिण अफ्रिकाले अर्को वर्ष फ्लोरिडाको मियामीको ग्रेट सिटीमा आयोजना हुने सन् २०२६ को जि-२० को निमन्त्रणा प्राप्त नगर्ने उहाँको अडान छ। संयुक्त राज्य अमेरिकाले दिइने सबै भुक्तानी र अनुदानहरू तुरुन्तै बन्द गर्ने समेत उहाँले बताउनुभयो।

राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा मानिसहरू मारेकाे बारम्बार दावी गर्नुभएको छ। उनीहरूको जमिन जथाभावी कब्जा गरिँदैछ।आरोपहरू दक्षिण अफ्रिकी सरकारले वर्षभरी बारम्बार अस्वीकार गर्दै आएको हाे।