Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


श्रीलंकामा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु, १० घाइते, १४ बेपत्ता

४ हजार मानिसकाे जनजीवन प्रभावित

299
Shares

एजेन्सी। श्रीलंकामा विगत ११ दिनदेखिको भारी वर्षासँगै आएकाे बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भएको छ।

बाढीका कारण करिब ४ हजार मानिसहरुकाे जनजीवन प्रभावित भएकाे हाे। पछिल्लो समय श्रीलंका मौसमसँग सम्बन्धित सबै भन्दा खराब विपत्ति मध्ये एकसँग जुधिरहेको छ। पहिरोका कारण मध्य पहाडी जिल्लामा मात्र १८ जनाको मृत्यु भएको बिहीबार श्रीलंकाको विपद व्यवस्थापन केन्द्रले जनाएकाे हाे।

एउटा भयानक घटनामा कुम्बुक्कानामा एक यात्रु बस बढ्दो बाढीमा फसेको थियो। आपत्कालीन टोलीहरूले २३ यात्रुहरूलाई सफलतापूर्वक उद्धार गरेका छन् । बाढीमा परी करिब १० जना घाइते भएका छन् भने १४ जना बेपत्ता भएका एक समाचार फोर्टलमा उल्लेख गरिएकाे छ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकेले २५ फ्रशासनकि जिल्ला मध्ये १७ वटामा भने बिग्रिंदै गएको अवस्थाको मूल्यांकन गर्न संकट बैठक बोलाउनुभएकाे हाे। मौसम विभागका अनुसार टापुको दक्षिणपूर्वमा न्यूनचापीय रेखा बनेको छ। यो तीव्र हुँदै गएको र बट्टिकालोआबाट २ सय १० किलोमिटर दक्षिणपूर्वमा केन्द्रित रहेको विभागले जनाउकाे हाे।

आगामी १२ घण्टामा यो उत्तरपश्चिमतिर सर्ने र गहिरो डिप्रेसनमा परिणत हुने सम्भावना बढी भएको जनाइएकाे छ। टापुका अधिकांश भू-भागहरूमा २ सय मिमि भन्दा बढीको भारी वर्षा हुने सम्भावना रहेकाे विभागले जनाएकाे हाे।