Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सामाजिक सुरक्षा कोषले गर्‍यो १२६ अर्ब रकम लगानी


819
Shares

काठमाडाैं। सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १ सय २६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिनुभएकाे हाे। आठौं सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बिहीबार बोल्दै उहाँले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताउनुभयो।

कार्यकारी निर्देशक अधिकारीका अनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा र १ अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिनुभयो। त्यस्तै, कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ।

योगदानकर्ता सापटी अन्तर्गत कोषले वार्षिक ५ दशमलव २ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५ दशमलव ८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी उहाँले बताउनुभयो। कार्यकारी निर्देशक अधिकारीले कोषमा श्रमिकहरुको आवद्धताका लागि १ सय १४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताउनुभयो ।

केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उहाँको भनाइ छ।