Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


हङकङ आगलागी अपडेट: मृत्यु हुनेको संख्या ५५ जना पुग्याे, २७० बेपत्ता


689
Shares

एजेन्सी। हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५५ जना पुगेको छ।

हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा बुधबारदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । २ सय ७० जना अझै हराइरहेकाे जनाइएकाे छ। कम्लेक्सका ३२ तले ८ ब्लकमा कुल २ हजार फ्ल्याट रहेकाहुन् । हङकङ सरकारका अनुसार स्थानीय समय अनुसार बुधबार अपरान्ह करिब ३ बजेतिर आगलागी शुरु भएको थियो।

त्यसलगत्तै अग्निनियन्त्रकहरू खटिएका थिए। हराएकाहरु मध्य धेरैको मृत्यु भएको हुन सक्ने आँकलन गरिएको छ। आगलागी नियन्त्रणमा लिनका लागि साढे ७ सयभन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन्। अहिले आगलागी आंशिक नियन्त्रणमा आए पनि अझै पूर्ण नियन्त्रणमा आइनसकेकाे जनाइएकाे छ।