Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


हङकङ आगलागी ४४ को मृत्यु


286
Shares

कठमाडौं ।

हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङख्या ४४ पुगेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको हो । कम्लेक्सका ८ ब्लकमा कुल २ हजार फ्ल्याट रहेको समाचारमा जनाइएको छ ।

हङकङ सरकारका अनुसार स्थानीय समयअनुसार बुधबार २ बजेर ५१ मिनेट जाँदा आगलागी सुरु भएको थियो । त्यसलगत्तै अग्निनियन्त्रकहरू खटिएका थिए ।

सो आगलागीमा २८९ जना हराइरहेको बताइउको छ । हराएकाहरु मध्य धेरैको मृत्यु भएको हुन सक्ने आँकलन गरिएको छ । आगलागी नियन्त्रणमा लिनका लागि साढे ७ सयभन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् । अहिले आगलागी आंशिक नियन्त्रणमा आएको बताइएको छ ।