काठमाडाैं । अमेरिकाको ह्वाइट हाउस नजिकै गोली प्रहार हुँदा सुरक्षामा खटिएका दुई जना गार्ड गम्भीर घाइते भएका छन् । गोली लागेर तीन जना सर्वसाधरण घाइते भएका छन् ।
राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै भएको घटनालगतै प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । अहिले घटनास्थल लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनापछि पक्राउ गरिएका शंकास्पद व्यक्ति ‘गम्भीर घाइते’ रहेको जानकारी दिनुभएको छ । घटनाप्रति वेस्ट भर्जिनियाका गभर्नरले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
स्थानीय अधिकारीका अनुसार गोली लागेर घाइते भएका तीन जनाको उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्