Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


फूल-फूलेर सुन्दर बन्दै धनगढी (भिडियाे रिर्पोट)


0
Shares

कैलाली। सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढी हरियो, सफा र सुन्दर बन्दै गएको छ।

धनगढीलाई हराभरा बनाउने अभियान अन्तर्गत विरुवा र फूलहरु रोपिएपछि धनगढीको मुहार फेरिदै गएको हाे। धनगढी शहरका मुख्य सडकहरुका दुवै किनार वा सडककोबीच भागमा विरुवाहरु रोपिने अभियानले अहिले धनगढीको मुहार मात्रै फेरेको छैन की हरियाली सहितको सफा शहर पनि बनेको छ।

धनगढी उपमहानगरपालिकाले हरियो प्रवर्द्धन कार्यक्रम अन्तर्गत विभिन्न कामहरु गरेपछि धनगढीको मुहार फेरिदै गएको हो । ठूला-ठूला भवन सडक र अन्य पूर्वाधारहरुमा फड्को मारिरहेको धनगढीमा विरुवा र फुलहरु रोपिएपछि यसले थप सौन्दर्य थपेको छ। पहिले सडकपेटीमा धुलो मात्रै हुने गरेकोमा अहिले फूलहरु फूलेपछि यसले शहर सफा र सुन्दर भएको स्थानीयहरुको भनाइ छ। शहरभरी फूलेका फूलहरुले मनलाई आनन्दित बनाउने गरेको स्थानीय बलबहादुर कार्कीले बताउनुभयो।

नगरपालिकाले हाम्रो धनगढी हरियाली धनगढी, हरित धनगढी स्वच्छ धनगढी लगायतका कार्यक्रम अन्तर्गत सडक छेउ र सार्वजनिक स्थानहरूमा बोट-विरुवा र फूलहरु रोपिँदै आएका छन्। नगरपालिकाले रोपिएका फूल र विरुवाको सुरक्षाका लागि तारजाली (ट्री-गार्ड) राख्नुका साथै मल हाल्ने, सिंचाई गर्ने र नियमित रुपमा गोडमेल गर्ने काम गरिरहेको वाातावरण अधिकृत अशोक अवस्थीले जानकारी दिनुभयो।

हरियाली धनगढी अभियान अन्तर्गत हालसम्म करिब १५ हजार बढी फूल र विरुवाहरु रोपिएका छन् । नगरपालिकाले अभियानमा नगरबासीलाई पनि सहभागी बनाउँदै आएको छ। एक विरुवा रोप्नका लागि नगरपालिकालाई ५ हजार रुपैयाँ सहयोगको कार्यक्रम बनाईएको छ। नागरिकबाट उत्साहका साथ यो कार्यक्रममा समर्थन मिलेपछि विरुवा रोप्ने क्रम त जारी नै छ।

रोपिएका विरुवा र फूलेका फूलहरुले धनगढीलाई सुन्दर बनाएको हाे।

भिडियाे रिर्पोट: