Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


धनगढीमा जेनजी समूह र एमाले युवा संघका कार्यकर्ताबीच झडप

जेनजी समूहबाट एक घाइते

1.3k
Shares

काठमाडाैं। कैलालीको धनगढीमा नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा बुधबार उत्रिएका जेनजी समूह र युवा संघका कार्यकर्ताबीच झडप भएको छ।

साेही झडपमा परी एक जना घाइते भएको प्रहरीले बताएकाे हाे। नेता बस्नेत पुग्ने भएसँगै जेनजी समूहका युवाहरू विरोधमा उत्रिएका थिए। युवा संघको सुदूरपश्चिम स्तरीय भेलामा सहभागी हुन पुगेका नेता बस्नेतको विरोध गर्दै करिब २० जनाको संख्यामा जेनजी युवाहरू धनगढी विमानस्थलसम्म पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए।

उनीहरूले गुण्डुको गुण्डा गो ब्याक र जेनजीको रगतमाथि खेलवाड गर्न पाइँदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरू आएर जेनजी युवाहरूमाथि आत्रमण प्रयास भएपछि उनीहरू भाग्दा जेनजी समूहकी सरिता जोशी घाइते भएको बताइएको छ। उनको हात भाँचिएको र अस्पतलामा उपचार भैरहेको जनाइएको छ।

सुरक्षा अवस्थालाई ख्याल गर्दै सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। पछिल्लो समय नेता बस्नेत पुग्ने स्थानमा जेनजी युवाहरुले विरोध प्रदर्शन गर्दै आएका हुन् ।