Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


शेयर बजार आज साढे ९ अंकले बढ्यो

होटल तथा पर्यटनमा झुमिए लगानीकर्ता

0
Shares

काठमाडाैं । शेयर बजार परिसूचकनेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ९ दशमलव ६१ अंकले बढेर बन्द भएको छ।

बजार बन्द हुँदा नेप्से ० दशमलव ३६ प्रतिशतले बढेर परिसूचक २ हजार ६ सय ६५ दशमलव ६० बिन्दुमा पुगेको हाे। नेप्से बढ्दा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार ८ सय ३८ कित्ता शेयर कारोबार भएको छ। बजार बन्द हुँदाको समयमा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ। १ सय ४ वटा कम्पनीको शेयर मूल्य घटेको हाे। ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनैभरीमा ३ सय २२ वटा कम्पनी कारोबारमा आउँदा ९१ हजार ७ सय ५ पटक शेयर किनबेच भएको हाे। ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। लगानीकर्ता होटल तथा पर्यटन समूहमा झुमिएका छन् । १३ वटा समूहमध्ये सबैभन्दा बढी यहि समूह बढेको हाे। उक्त समूह ० दशमलव ९९ प्रतिशतले बढेको हो । याेसँगै होटल तथा पर्यटनसहित अन्य ७ समूह बढेको छ। साथै बाँकी ५ समूह भने घटेको हाे।

सबै भन्दा बढी निर्जीवन बीमा समूहका लगानीकर्ताले गुमाएकाे नेप्सेले जनाएकाे छ।