Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


देश निर्वाचनमय बन्याे, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ


143
Shares

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ।

राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभयो। उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभएकाे छ। निर्वाचनमा वुद्धि विवेक पुर्‍याएर नेतृत्व छान्न समेत उहाँले आग्रह गर्नुभयो। निर्वाचनको समयमा वुद्धि विवेक नपुर्‍याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाइ छ । निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो।

मन्त्री घिसिङले यसअघिको नेतृत्वले राजनीतिक परिवर्तन नेतृत्व गर्न सफल भएता पनि विकासको नेतृत्व गर्न भने असफल भएको बताउनुभयो। उहाँले अब देश विकास गर्ने नेतृत्वको आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ।