Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


इथियोपियामा ज्वालामुखी विस्फोट भएपछि एअर इन्डिया र अकासाद्वारा केही उडान रद्द


0
Shares

काठमाडौं ।
इथिपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विस्फोटबाट निस्केको खरानीका कारण भारतीय विमान कम्पनी एयर इन्डिया र आकासा एअरले आफ्ना केही उडान रद्ध गरेका छन् ।

भारतको उड्डयन नियामकको निर्देशनपछि ज्वालामुखी विस्फोटका कारण केही ठाउँहरूमा उडेका विमानहरूको सावधानी जाँच गर्न एअर इन्डियाले दुई दिनमा ११ वटा उडान रद्द गरेको बताईएको छ ।

यस्तै अकासाले साही अवधीमा जेद्दा, कुवेत र अबुधाबी जस्ता मध्यपूर्व गन्तव्यहरूमा निर्धारित उडानहरू रद्द गरेको जनाएको छ ।

नागरिक उड्डयन मन्त्रालयले सावधानीका रूपमा केही उडानहरूको मार्ग परिवर्तन गरिएको र विमानस्थल प्राधिकरणले सबै प्रभावित विमानहरूलाई सूचना जारी गरेको बताएको छ ।

यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले एक विज्ञप्तिमार्फत ज्वालामुखी विस्फोटबाट निस्केको खरानीको बादल चीनतर्फ सरिरहेको जनाएको छ ।

आजसम्ममा भारतीय आकाश सफा हुने अपेक्षा पनि विभागले गरेको छ । अर्न्तराष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार इथियोपियाको हेली गुब्बी ज्वालामुखी सोमबार विस्फोट भएपछि १४ किलोमिटर उचाइसम्म खरानी फैलिएको छ ।