काठमाडाैं ।
नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिनुभएको हो ।
उहाँले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताउनुभयो । पार्टीले महाधिवेशनमा प्रश्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको बताउनुभयो ।
पार्टीको महाधिवेशनको मुख्य नारा निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी दिनुभयो । आफूहरुले संवैधानिक हिसावले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको बताउनुभयो । नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणको लागि निवेदन दिइसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालयको दोस्रो बैठक हो । महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र केके काम गर्नुभयो रु प्रगति विवरण के छ, कहाँ थप काम गर्न बाँकी छ, यसमा सबै समितिका संयोजकले प्रतिवेदन प्रश्ततु गर्नुभयो ।
पार्टीले महाधिवेशनमा प्रश्तुत गर्ने लोगोको बारेमा छलफल भयो । अन्तिम रुप दिने तयारी गरिरहेका छौँ । पार्टीको महाधिवेशनको मुख्य नारा निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भनेर प्रमुख नारा बनाएका छौँ ।
सबै समितिले तोकिएको कार्यक्षेत्रभित्र गर्नुपर्ने कामको बारेमा छलफल भएको छ । महाधिवेशनको तयारीको अन्तिम तयारीमा छौँ । संवैधानिक हिसावले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेका छौँ । यो नियमित काम हो । यो संवैधानिक दल हो । संवैधानिक हिसावले अद्यावधिक गरिरहनुपर्छ । संसद पुनःस्थापनाको पक्षमा हाम्रो पार्टीको ओपनियन हो र संवैधानिक संपरीक्षणको लागि निवेदन दिएका छौँ । त्यो कानूनी प्रक्रियाबाट लडाईं लड्ने कुरा हो ।
सरकारलाई निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षा, अमनचयन कायम गर्न, स्थानहद नतोक्न बारम्बार भनिरहेका छौँ । नेताहरु कार्यक्रममा जाँदा जुन किसिमको अराजकता देखिएको छ यसले सरकार शान्ति सुरक्षामा संवेदनशिल छैन र सरकार निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाएको छैन ।’
उहाँले सरकार शान्ति सुरक्षामा संवेदनशिल नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्