Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै


676
Shares

काठमाडौं ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले आज दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष भेला बोलाएका छन्।

विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिन आयोजित भेलामा मागसहित हस्ताक्षर गरेका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने बताइएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दैछ भने नियमित १५औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि वा पछि गर्ने विषय विवादमा छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनअघि नै महाधिवेशन वा सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्, तर सभापति शेरबहादुर देउवा पक्षले निर्वाचनअघि महाधिवेशन सम्भव नरहेकाे बताएका छन् ।

गत असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित निवेदन दर्ता गरिसकेका थिए। आजको भेलामा गुरुराज घिमिरेको अगुवाइ रहनेछ भने थापा र शर्मा सहभागी नहुने बुझिएको छ।

भेलालाई नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँ लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।