Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


महालक्ष्मी नगरपालिकाद्वारा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन


195
Shares

ललितरपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले मंगलबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरेको छ।

मंगलबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले साेही अभियानको शुभारम्भ गरेको हो। यस वर्षको अभियानको नारा ̎प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौं ̎ भन्ने रहेको छ। अभियानको शुभारम्भ गर्दै नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले महिला र बालबालिका विरुद्ध हुने हिंसा रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नगरपालिका लैंगिक हिंसा रोक्ने अभियानमा नगरबासीसँग सहकार्य गरेर अघि बढ्ने समेत उहाँले उल्लेख गर्नुभएकाे छ।

साेही कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना, प्रहरीवृत्त सातदोवाटोकी प्रमुख एवं प्रहरी नायव उपरीक्षक पूर्णिमा कुमारी चन्द लगायत सरोकारवाला विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ।

नेपालमा पनि विविध कार्यक्रमकाे आयाेजना गरी महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिएको हाे।