Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रेस युनियन ताप्लेजुङ अध्यक्षमा सन्तोष


0
Shares

ताप्लेजुङ, असोज ७ । नेपाल प्रेस युनियन ताप्लेजुङ शाखाको चौथो अधिवेशनले सन्तोष पुर्कुटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

सदरमुकाम फुङलिङमा शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा आनन्द गौतम र इन्दिरा भण्डारी चयन गरेको छ ।

यस्तै सचिवमा सीताराम गुरागार्इं, सहसचिवमा पासाङकिपा शेर्पा र कोषाध्यक्षमा ङिमा शेर्पा रहेका छन् । सदस्यमा रञ्जना गुरुङ, प्रदीप गुरुङ, अनिसा शेर्पा, नरनाथ भट्टराई, कुवीरमान राई, मोहन निरौला र भोमादेवी पोख्रेल छन् । 

अधिवेशनले केन्द्र र प्रदेश पार्षद्कोसमेत टुङ्गो लगाएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य तथा प्रतिनिधि युवराज गौतमको उपस्थिति साथै निवर्तमान जिल्ला अध्यक्ष धर्मप्रसाद पौडेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । बन्दसत्रअघि भएको उद्घाटनसत्रमा विभिन्न अतिथिले शुभकामना दिएका थिए । 

प्रमुख अतिथि तथा कांग्रेस ताप्लेजुङ सभापति लीलादेवी बोखिम, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक, पाथिभरा बहुमुखी क्याम्पसका प्राध्यापक डिल्लिरमण बराल, युनियनका संस्थापक अध्यक्ष गजेन्द्र तुम्याहाङ, पत्रकार महासङ्घ पाँचथरका पूर्वसचिव गिरिराज बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । (रासस)