Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


‘काठमाडौं इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरू

७ देशका कलाकार सहभागी

117
Shares

काठमाडौं । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा मंगलबार बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बंगलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी भएका हुन् । फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको छ। मानिसले जन्मेपछि विवाह गर्नु भन्दा अगाडि र विवाह पछाडि फरक पहिचान बोक्ने भएकाले त्यसलाई आधार मानेर आफूले ‘मेरो परिचय’ नामक प्रस्तुती पस्केको कलाकार सौरगङ्गा दर्शनधारीले बताएका छन्। दर्शनधारी ललित कला प्रज्ञा प्रतिष्ठानकी बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख पनि हुन्।

कार्यक्रम अवलोकन गर्न आएका दर्शक सञ्जीप महर्जनले परफरमेन्स आर्ट सामान्य मानिसका लागि बुझ्न चुनौतीपूर्ण हुने उल्लेख गर्दै फेस्टिभलले यस्तो कला विधाको पहिचान विस्तारमा सहयोग पुग्ने बताएका छन्।फेस्टिभले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने आयोजकले जानाएको हाे। फेस्टिभल शुक्रबारसम्म सञ्चालन हुने भएकाे छ।