Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


दाह-संस्कारका लागि तयार गरेपछि एक महिला जीवित, सबै चक्कित


4.3k
Shares

एजेन्सी। थाइल्याण्डमा दाहसंस्कारका लागि ल्याइएकी एक थाइ महिला अचानक कफिनभित्र हलचल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित भएका छन्।

बैंकक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले विस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ। जसले मन्दिरका कर्मचारीहरूलाई एकै छिनमा विश्वास गर्न नसक्ने अवस्थासम्म पुर्‍याएको थियो।

मन्दिरका महाप्रबन्धक तथा वित्तीय मामिला प्रमुख पैराट सुदथुपले सोमबार एपीसँग कुरा गर्दै ६५ वर्षीया साेही महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि ल्याएको जानकारी दिएका छन् । कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएको सुनेपछि घटनाले अनपेक्षित रूप लिएको थियो।