Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


पाकिस्तान सेनाकाे आक्रमणमा परी अफगानिस्तानमा १० जनाको मृत्यु, ४ घाइते


507
Shares

एजेन्सी। पाकिस्तान सेनाले अफगानिस्तानका पूर्वीक्षेत्रहरूलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी १० जना सर्वसाधारणको मृत्यु भएको छ।

साेही घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो।तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त प्रान्तमा ५ बालक, ४ बालिका र एक महिलासहित १० जनाको मृत्यु भएको बताएका छन्।

कुनार तथा पक्तिका सीमावर्ती क्षेत्रमा गरिएकाे आक्रमणमा परी थप ४ जना सर्वसाधारण घाइते भएकाे उनले बताएका हुन्।