Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


उद्योगीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छः सचिव घिमिरे


247
Shares

काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीहरुलाई कर्मचारीहरुले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको छ।

काठमाडाैंमा मंगलबार उद्योग दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीतन्त्र अब पनि पुरानै तवरले चलेर नहुने बताउनुभएकाे हाे। सचिव घिमिरेले कर्मचारीहरुले व्यवसायीहरुलाई अधिकतम सहजिकरण गर्नुपर्नेमा अझै त्यसो हुन नसकेको बताउनुभयो।

निजी क्षेत्रले पनि उद्यमशीलताको हिसाबले सोच्न जरुरी रहेको उहाँको भनाइ छ। उद्योग सचिव कृष्णबहादुर राउतले औद्योगिक नीतिलाई अब बदल्ने बेला आएको बताउनुभयो । उहाँका अनुसार विश्व परिवेश दिनदिनै परिवर्तन भएकाले त्यसलाई सम्बोधन गरेर नयाँ नीति ल्याउनुपर्ने आवश्यकता छ र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको छ।

उद्योग विकास रणनीति ल्याएर उद्योग क्षेत्रको विस्तारका लागि काम अघि बढाइने उहाँले बताउनुभयाे।