एजेन्सी। इजरायली सेनाकाे हवाई आक्रमणमा परी गाजामा सोमबार ४ जना प्यालेस्टिनीको मृत्यु भएकाे छ।
साेही आक्रमणमा परी अन्य घाइते भएका हुन्। गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ।
खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएकाे हाे।
साथै थप २ जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी ले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्