Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


दृष्टिविहीन महिला टी-२० विश्वकप उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई


0
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार खेलाडी र अफिसियल समेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिनुभएको हो। नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भएकाे बताउदै उहाँले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभयो।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो । उनीहरुले साधन-स्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाए च्याम्पियन समेत बन्न सक्ने बताएका छन्।