Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


पहिला बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउथे: सन्दीप लामिछाने


3.8k
Shares

काठमाडाैं। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले साेमबार पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउन सक्ने बताउनुभएको छ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् । पहिले बलिङ गरेको जनकपुरले १६ औं ओभरसम्म स्पिनर नै लगाएको थियो । त्यस क्रममा जनकपुरले किफायती बलिङ पनि गर्यो । जवाफमा विराटनगरले पनि स्पिनर नै धेरै प्रयोग गरेकाे छ। सन्दीपले आजको खेलमा फास्ट बलरले राम्रो गरे पनि स्पिनर फेबरेट पिच रहेको उल्लेख गरेका हुन् । उनले स्पिनर सूर्य तामाङ र नरेन भट्टले पनि उत्कृष्ट बलिङ गरेको र समग्र बलिङ युनिट राम्रो हुँदा लक्ष्य जोगाउन सफल भएको बताएका छन्।

ब्याटिङ गर्न कठिन रहेको पिच पनि ब्याटरले राम्रै खेलेको उनले बताएका हुन् । यहि टिमले राम्रो गरिरहेको अवस्थामा फाफ डुप्लेसिसलाई कहाँ प्रयोग गर्ने भन्ने बारेमा टोली स्पष्ट रहेको सन्दीपको भनाइ छ। लगातार दोस्रो हारपछि जनकपुर बोल्ट्सका प्रशिक्षक शिभनारिन चन्द्रपउलले शीर्ष क्रमका ब्याटर असफल हुँदा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन् । १६ ओभरसम्म स्पिनर प्रयोग गर्न पिचको आवश्यक रहेको र त्यसमा सफल पनि भएको उनले उल्लेख गरेका हुन् ।

तर ब्याटिङ राम्रो गर्न नसकेको प्रशिक्षक चन्द्रपउलले बताएका छन्। उनले केही क्षेत्रमा आफूहरू असफल भएको उल्लेख गरेका हुन् । अब आगामी खेलमा ध्यान केन्द्रित गरेर जित निकाल्ने समेत उनकाे दावी छ। सन्दीप उत्कृष्ट युवा खेलाडी रहेको बताउदै प्रशिक्षक चन्द्रपउलले उनमा बढी क्षमता रहेको समेत उल्लेख गरेका छन् ।