काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साेमबार दिउँसाे भएकाे खेलमा टस जितेर १ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रन बनाएको हो । यो विराटनगरको तीन खेलमा लगातार तेस्रो जित हो । विराटनगरले यसअघि काठमाडौं गाेर्खाज र पोखरा एजेन्जर्सलाई पराजित गरेको थियो।
साविक विजेता जनकपुरले दोस्रो खेलसम्म आइपुग्दा जित हात पार्न सकेको छैन । यसअघि यो टिमले काठमाडौंसँग पराजित भएकाे थियाे।





प्रतिक्रिया दिनुहोस्