Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


सबै एकतावद्ध नभएमा देश जनताको नरहन सक्छः नेता परियार


260
Shares

काठमाडाैं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकतावद्ध नभए देश जनताको नरहन सक्ने बताउनुभएको छ।

काठमाडौंमा आइतबार आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सधै गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताउनुभयो । संकटको घडीमा सबै एक हुनुपर्नेमा उहाँकाे जाेड छ। उहाँले इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको बताउनुभयो। अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उहाँको भनाइ छ।

अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको नेता परियारले बताउनुभयो।