Logo ६ मंसिर २०८२, शनिबार | Sat Nov 22 2025


एनपिएल : काठमान्डू गोर्खाजद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य


0
Shares

काठमाडौं ।

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

शनिबार भएको दोस्रो खेलमा काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको हो । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो ।

काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । त्यस्तै सन्तोष यादबले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।

विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।