Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुसन्धान प्रतिष्ठानकाे सिफारिस


0
Shares

काठमाडाैं। नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्मा नेतृत्वको अध्ययनले निर्वाचन हुने दिनसहित त्यसको अघि र पछि गरेर ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेकाे हाे। जसको उपयोग गरी अधिकांश नागरिकहरू आफ्नो नाम दर्ता रहेकै निर्वाचन क्षेत्र र बुथमा पुगी मतदान प्रक्रियामा सहभागी हुन पाउने उल्लेख गरेको छ। त्यसका लागि मन्त्रिपरिषदको निर्णयमार्फत् आवश्यक नीतिगत प्रबन्ध गरी निर्वाचन प्रयोजनार्थ करिब ३ दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्नु उपयुक्त हुने अध्ययनले सिफारिस गरेको हाे।

त्यस्तै, निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरू (म्यादी प्रहरी समेत), निजामती कर्मचारी र शिक्षकसहितका सबै कर्मचारीहरूलाई आफू खटिएकै निर्वाचन केन्द्र र बुथबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतदान प्रक्रियामा सहभागी गराउने गत निर्वाचनको अभ्यासलाई परिष्कृत, सरल-सहज बनाउन ऐनमै (मतदाता नियमावली ऐन, २०७३ को दफा ३०) व्यवस्थित गर्न सुझाव दिएको छ। साथै उनीहरूलाई परिचय-पत्रका आधारमा मतदानमा सहभागी हुन पाउने लचिलो व्यवस्था गर्न पनि अध्ययनले सुझाव दिएको छ।

प्रतिष्ठानले केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यो प्रतिवेदन बुझाइसकेको जनाएकाे हाे।