१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस साताव्यापी मनाइने


0
Shares

काठमाडौं, असार ६ । गृह मन्त्रालयले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस साताभर विभिन्न अभियानका साथ मनाउने निर्णय गरेको छ ।

स्वस्थ, सबल र समृद्ध नपालको प्रतिबद्धताः लागूऔषध अपराधविरुद्धको ऐक्यबद्धता भन्ने सन्देशसहित आजबाट देशभर अभियान थालिएको गृह मन्त्रालयले जनाएको हो ।

वर्षेनि २६ जुनमा मनाउने कार्यक्रमका सन्दर्भमा सरोकारवालाहरुसँग समन्वय गरी ७७ वटै जिल्ला प्रशासनलाई सचेतनामूलक कार्यक्रम गर्न गृहले निर्देशन पनि दिएको छ ।

सचेतना अभियान, लागूऔषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा र परिमार्जन सम्बन्धमा छलफल, गाँजा र अफिम खेतीको फडानी, प्रभातफेरीलगायतका कार्यक्रम गरिने छ ।

हाल नेपालमा १ लाख ५० हजार बढी लागूऔषध प्रयोगकर्ता रहेको गृहको अनुमान छ । यो संख्या वर्षेनि ११ दशमलव ३६ प्रतिशतले बढिरहेको बताइएको छ ।