Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


सशस्त्रमा ४ दरबन्दी थप


611
Shares

काठमाडौं ।

सशस्त्र प्रहरी बलमा ३ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक र एक जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी थप भएको छ ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले सो बलको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण पुनरावलोकन गर्दै डीआईजी र एसएसपीको संख्या थप गर्ने निर्णय गरेको हो ।

अब सशस्त्र प्रहरी बलमा डीआईजीको संख्या २१ र एसएसपीको संख्या २७ पुग्ने भएको छ । थप हुने डिआईजीहरूमा कानुन महाशाखालाई निर्देशनालय बनाउने र इन्टिलेजेन्ट ब्युरो र प्रशासन बिभागमा थप डीआईजीको दरबन्दी रहने भएको छ । कीर्तिपुरमा रहेको निलबाराही गणलाई स्तरोउन्ति गरेर उक्त गणमा एसएसपीको दरबन्दी सिर्जना गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

हाल सशस्त्र प्रहरीमा एक डीआईजीको पद खाली रहेको छ भने तीन जना डीआईजीको दरबन्दी थपिएपछि अब ४ डीआईजीको पद रिक्त हुने भएको छ ।

त्यसका लागि अहिले सो बलको सिंस २ टोली डीआईजीका लागि दौडधुप सुरु गर्न लागेका छन् । आगामी पुस १५ पछि थप तीन डीआईजी अनिवार्य अवकासमा जाने भएपछि सोही ब्याचमा पछि परेका एसएसपीहरूसमेत अहिलेदेखि नै बढुवाका लागि लबिङ सुरु गरेका छन् ।