Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सिमरामा भएको घटना संवेदनशील भएको रास्वपाकाे निष्कर्ष

राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्नेमा जाेड

1.4k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ।

केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको हो। रास्वपाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्नेमा जाेड दिएकाे छ। यसमा रास्वपाको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण गराएकाे हाे।

बाराको परवानीपुरमा नेकपा एमालेको कार्यक्रममा जान महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल र महेश बस्नेत लगायत नेताहरू सिमरा विमानस्थलमा जान रोक लगाउँदा झडप भएको थियो।