इजरायली सेनाले दक्षिणी लेबनानको एक शरणार्थी शिविरमा आक्रमण गर्दा १३ जना मारिएको छन् ।
ऐन–अल–हिलवे शरणाथी शिविरमा हवाइ आक्रमण गर्दा १३ जनाको मृत्यु भएको र दजर्नौ घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत वर्ष इजरायल–हिज्बुल्लाह युद्धपछि लागू भएको युद्ध विरामपछि इजरायलले लेबनानमा गरेको यो सबैभन्दा घातक हमला हो । इजरायली ड्रोनले सिदोनको बाहिरी क्षेत्रमा अवस्थित एक मस्जिदको पार्किङ क्षेत्रमा राखिएको कारलाई निशाना बनाइ आक्रमण गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
इजरायली सेनाले भने हमासले प्रयोग गर्दै आएको “ट्रेनिङ कम्पाउन्ड” मा प्रहार गरेको दाबी गरेको छ । उक्त स्थानबाट इजरायलमाथि हमला गर्ने तयारी भइरहेको इजरेली दाबी छ । तर लेबनाननले इजरेली आरोप अस्वीकार गर्दै खेल मैदानमा आक्रमण गरेको भएको भन्दै आक्रमणलाई “जघन्य अपराध” भनेको छ ।




प्रतिक्रिया दिनुहोस्