काठमाडौं, असोज ६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मवृत्तान्त ‘न्याय’को शनिबार लोकार्पण गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कार्की, प्राध्यापक केदारभक्त माथेमा, डा. गोविन्द केसीलगायतले संयुक्तरुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तकमा कार्कीले महिला भएर नेपाली न्याय आन्दोलनमा गरेका संघर्ष र प्रधानन्यायाधीश हुँदा सामाना गर्नुपरेको महाअभियोगका अन्तरकथाहरुलाई प्रस्तुत् गरिएको छ ।
कार्कीको आत्मवृत्तान्तमा न्यायालयमाथि राजनीतिक चोटको सविस्तार वर्णन गरिएको र न्यायिक इतिहासमा सन्दर्भ सामग्रीका लागि निकै उपयोगी हुने कार्यक्रमका वक्ताहरुले बताए ।
कार्यक्रममा कार्की एक निडर, साहसी र खरोरुपमा न्यायालयको साखलाई बचाउन भूमिका खेलेको भन्दै प्रशंसा गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्