Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


आफूले गर्न लागेकाे आन्दोलनलाई कसैले पनि रोक्न सक्दैन: दुर्गा प्रसाई


1.5k
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताउनुभएकाे छ।

आफ्नै निवास भक्तपुरमा साेमबार उहाँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको बताउदै पूर्वघोषित आन्दोलन नरोकिने बताउनुभएकाे हाे। शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने उहाँकाे दावी थियाे।

संयोजक प्रसाईले जेनजी युवाले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाउनुभएकाे छ। उहाँले आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत सङ्ग्रह गर्नुपर्नेमा जाेड दिनुभयाे।