Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


आगामी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ सरकार अघि बढेको छ: कानूनमन्त्री सिन्हा


65
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताउनुभएकाे छ।

मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भइरहेकाे समयमा उहाँले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको दावी गर्नुभएकाे हाे। सिंहदरबारमा साेमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले यस्ताे बताउनुभएकाे छ।

जेनजी आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउनका लागि निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार बनेको उहाँले स्पष्ट पार्नुभयाे। मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको समेत उहाँले दोहोर्‍याउनुभएकाे छ। मन्त्री सिन्हाले मुलुकलाई शान्ति र विकासको बाटोमा अघि बढाउन ढिलाइ नगर्न पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जाेड दिनुभयाे।

त्यस अवसरमा उनले दलित सम्बन्धी कानून निर्माणमा पनि आफूले उचित ध्यान दिने आश्वासन समेत उहाँले दिनुभएकाे छ।

Skip This