Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


पूर्वमहानिरीक्षक खनाल पनि दल दर्ता गर्न आयोगमा पुगे


2.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ राजनीतिक पार्टी गठन गर्नुहुने भएकाे छ।

दल दर्ताको निवेदन लिएर उहाँको समूह साेमबार निर्वाचन आयोगमा पुगेको हाे। खनालले ‘समुन्नत नेपाल पार्टी’ नाममा दल दर्ता गर्न लाग्नुभएकाे छ। यो पार्टीको अध्यक्ष खनाल आफैं रहनुहुने भएकाे हाे। आइतबारै यो दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो। साेमबार खनाल स्वयम् गएर निवेदन संसोधन गर्दै अध्यक्षमा आफ्नो नाम राख्नुभएकाे छ।

साेही दलमा ३५ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ। महासचिवमा बालकृष्ण पण्डितको नाम रहेकाे हाे। आफ्नो पार्टीलाई पूर्वसुरक्षाअधिकारीहरुको ठूलो समूहले साथ दिने खनालले दावी गर्नुभएकाे छ।