Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्री कार्कीविरूद्ध सर्वोच्चमा निवेदन दर्ता

निवेदनको पहिलो पेशी मंसिर ८ गतेका लागि तोकियाे

2.5k
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता गर्नुभएकाे हाे। सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन हो।

सर्वोच्चले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन्।

अदालतको अवहेलना निवेदन दर्ता भएको र निवेदनको पहिलो पेशी यहि मंसिर ८ गतेका लागि तोकिएको सर्वोच्चले जनाएकाे हाे। निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ ।