Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


गभर्नर पौडेलले अर्थमन्त्री खनालसमक्ष वार्षिक प्रतिवेदन गरे पेश


208
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएकाे छ।

अर्थ मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेश गर्नुभएकाे हाे। गभर्नर पौडेलले प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्यहरू र आगामी आर्थिक वर्षका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाकाे बारेमा विस्तृत जानकारी समावेश गरिएको बताउनुभयाे।

विश्वव्यापी आर्थिक परिदृश्य र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषणसमेत प्रतिवेदनमा समेटिएको उहाँले उल्लेख गर्नुभएकाे छ।